काठमाण्डु– रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लाबाट जनशक्ति र उद्धार सामग्री परिचालन गरेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरीका युनिटबाट उद्धार सामग्रीसहितका प्रहरी कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाइएको हो। यससँगै तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीसहितका डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनर समेत प्रभावित क्षेत्रमा