काठमाडौँ। राष्ट्रिय दलित आयोगले दाङको शान्तिनगर गाउँपालिका-३ का भूमिहीन पूर्णबहादुर परियारको घर भत्काइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार सामुदायिक वनमा बसेको भन्दै भूमिहीन परियारको घर भत्काइएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन्। 'वैकल्पिक ब्यबस्थाविना गरिएको त्यस्तो कार्य अमानवीय र निन्दनीय छ। सामुदायिक वन कसैको निजी सम्पत्ति नभई स्थानीय जनताको सशक्तीकरणका लागि आएको अवधारणा हो। पूर्णबहादुर परियारको संरक्षण र पुनर्स्थापनाको ब्यबस्था गर्न स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराउँदछौँ,' अध्यक्ष विश्वकर्माले भनेका छन्।