हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ । रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपत्कालीन बैठक सुरु भएको मुख्यमन्त्री थापामगरले राससलाई जानकारी दिए । आपत्कालीन बैठकमा प्रदेशका मन्त्री, सचिव, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी, प्रमुख जिल्ला