काठमाडौं । चीनमा भएको अविरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका १३ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ । जल तथा मौसम विज्ञान विभाग, नेपाल विद्युत प्राधिकरण (नेविप्रा) तथा ऊर्जा प्रवर्द्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार बाढीबाट कुल ७४८.१२ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् । प्रभावितमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट