त्रिशूली (नुवाकोट) । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ