काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको