काठमाडौं । तिब्बततर्फबाट आएको अप्रत्याशित बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुर्याएको छ । भन्सारमा कार्यरत कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि बाढीका क्रममा धेरैले मोबाइल फोन तथा अन्य सामान छाडेर सुरक्षित स्थानतर्फ भागेका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न समय लाग्ने अर्थ मन्त्रालयले जनाएको छ। रसुवागढी भन्सार कार्यालयमा ३६ जनाको दरबन्दी रहेकोमा दुई