उच्च सतर्कता अपनाउन मन्त्री श्रेष्ठको आग्रह

  • बुधबार १० भौ २०८३ ०७:०१ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा ठूलो बाढी आएपछि त्रिशूली नदीको बहाव बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन् । उनले उद्धार तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग निरन्तर