हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान, ३४ वटा निजी हेलिकप्टर स्ट्यान्डबाइ

  • बुधबार १० भौ २०८३ ०७:०३ AM
काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । तर बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्न समस्या भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीका कारण रसुवामा प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ