काठमाडाैं । अप्रत्यासीत आएको बाढीका कारणले चितवनस्थित मनकामना केबलकार बन्द गरिएको छ । रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो । मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए । बाढीका कारणले पृथ्वीराजमार्गमा चल्ने गाडीहरु पनि रोकिएको छ ।