काठमाण्डु– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले बजार क्षेत्रका बस्तीमा क्षति पुर्याएको छ। बाढीका कारण सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका छन्। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्ती तथा संरचनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी छ। सशस्त्र प्रहरीको बीओपीमा भने कुनै क्षति