काठमाडौं । रसुवामा आएको बाढीपछि कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका ५० जना पर्यटक सम्पर्कविहीन भएका छन्। काठमाडौंको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका सञ्चालक सागर पाण्डेले बताएका हुन् । पाण्डेकाअनुसार उनीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान गरेका थिए। रसुवा बोर्डर पुगेपछि आएको बाढीका कारण उनीहरूसँग सम्पर्क टुटेको हो। सम्पर्कविहीन हुनेमा भारतीय मूलका