भोटेकोसी बाढीले रसुवाको जलविद्युत् आयोजनामा ठूलो क्षति, कर्मचारीको अवस्था अज्ञात

  • बुधबार १० भौ २०८३ ०५:२३ AM
काठमाडौं । भोटेकोसी नदीमा आएको ठूलो बाढीले रसुवामा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए र देवीघाटलगायतका विद्युत् गृहमा क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ । क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन । बाढी प्रभावित क्षेत्रमा कार्यरत