रसुवा बाढी प्रभाव चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकियो

  • बुधबार १० भौ २०८३ ०५:४४ AM
काठमाडाैं ।रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ । काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बाढीलाई मध्यनजर गर्दै ती जिल्लाहरूमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।