रसुवा बाढी : ३ प्रहरी कार्यालयसहित भन्सार बगायो

  • बुधबार १० भौ २०८३ ०५:०२ AM
काठमाण्डु – रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आउँदा नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको हो ।