काठमाण्डु– रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्चस्तरीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन्।