काठमाडौँ। किङ्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिता सिजन–२ को उपाधि रोयल स्पोट्र्स पार्क ब्लूले जितेको छ। रोयल स्पोट्र्स पार्कमा सम्पन्न फाइनलमा ब्याक यार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल स्पोट्र्स पार्क ब्लू च्याम्पियन बनेको हो। फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोट्र्स पार्क ब्लूले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो।