तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति

  • बुधबार १० भौ २०८३ ०४:२४ AM
काठमाडौं । नेपालको उत्तरी नाका तिब्बतबाट आएको ठूलो बाढीका कारण रसुवामा ठूलो क्षति भएको छ । बुधबार बिहान एक्कासी आएको बाढीले रसुवाको तटीय क्षेत्रमा क्षति पुर्‍याएको हो । रसुवापछि नुवाकोट धादिङका नदी तटीय क्षेत्रमा समेत त्यसको असर गर्ने बताइएको छ । तिब्बत क्षेत्रमा बाढी आएको विषयमा त्यहाँको प्रशासनले बिहानै रसुवा प्रशासनलाई जानकारी गराएको थियो ।