काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आइरहेको बाढी र उद्धार र राहतका सम्बन्धमा छलफल गर्न बैठक बसेको छ । अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक बसेको हो । बुधबार बिहान उत्तरी नाका तिब्बतबाट आएको बाढीले रसुवाका तटीय क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको छ । अहिलेसम्म क्षतिको यकिन विवरण आएको छैन