काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका प्रमुख वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशीमा ठूलो बाढी आएको हो । बाढीका कारण माथिल्लो क्षेत्रमा ठूलो क्षति भएको सूचना प्राप्त भएको