चीनतर्फबाट आएको ठूलो बाढीका कारण रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले टिमुरे , स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसकिने अवस्था सिर्जना भएको एक सरकारी