तिब्बततर्फबाट आएको बाढीले रसुवाका तीन वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। क्षतिको