रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्। बिहान करिब ९ बजे आएको भीषण बाढीले टिमुरे बजारका बस्ती तथा संरचना बगाउँदा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार बीओपीमा भने बाढीले क्षति पुर्याएको