टप एन्ड टी-२० सिरिजमा आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्दै

  • बुधबार १० भौ २०८३ ०३:२४ AM
काठमाण्डु – अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो ।