कर्णाली मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय, के-के ?

  • बुधबार १० भौ २०८३ ०८:०९ AM
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्मचारीको नयाँ तलबमान, सामूहिक राजस्व उठाउनेसम्बन्धी विधेयक र प्रदेश सचिवको जिम्मेवारी तोक्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, कर्णाली प्रदेश सरकारको सामूहिक राजस्व उठाउने विषयमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले हालै कर्णाली प्रदेशमा आउनुभएका प्रदेश सचिव रमेश केसीलाई कामकाजमा खटाउने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्का यी निर्णयसँगै प्रदेश सरकारको कर्मचारी व्यवस्थापन, राजस्व परिचालन तथा प्रशासनिक कामकारबाहीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।