काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ७४, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्र गतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठिक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । The post काठमाडौंमा २४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा appeared first on Kalika Khabar.