टप एन्ड टी–२० : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्दै

  • बुधबार १० भौ २०८३ ०३:०५ AM
काठमाडौँ ।  अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ । उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ ... The post टप एन्ड टी–२० : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्दै appeared first on Kalika Khabar.