जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

  • बुधबार १० भौ २०८३ ०२:३९ AM
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने भएको छ । रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए