काठमाण्डु – बंगलादेशले चीनसँग अत्याधुनिक लडाकु विमान र हेलिकोप्टर खरिद गर्ने भएको छ । चिनियाँ जे-१०सीई लडाकु विमान र आक्रमणकारी हेलिकोप्टर खरिद गर्ने सम्भावित सम्झौताका लागि बंगलादेशले चीनसँग औपचारिक वार्ता अघि बढाएको छ । यसका लागि सरकारी समितिले सम्झौताको मस्यौदा तयार गरिरहेको प्रधानमन्त्रीका सूचना तथा प्रसारण सल्लाहकार जाहेद उर रहमानले जनकारी दिएका छन् । प्रस्तावित