उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

  • बुधबार १० भौ २०८३ ०१:३५ AM
राँझा । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ । भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताए । “बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे