भोजपुर । कोशी प्रदेशमा उत्पादन हुने कृषि तथा अन्य स्थानीय वस्तुको निर्यात प्रवद्र्धनका लागि प्रदेश योजना आयोगले छलफल तथा सुझाव सङ्कलन थालेको छ । आयोगले भोजपुरमा कृषि उपजको उत्पादन, बजार विस्तार, गुणस्तर सुधार, बजारीकरण तथा व्यापार सहजीकरणका विषयमा सरोकारवालासँग समूहगत छलफल गरेको हो । जिल्लाको कृषि क्षेत्रको सम्भावना पहिचान गरी आगामी योजना तथा कार्यक्रम निर्माणका