टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

  • बुधबार १० भौ २०८३ ०२:१२ AM
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो ।