काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा सोमबार बिहान ड्युटीमा खटिएका प्रहरीले पैदलयात्री