सैनामैना । उपकार अनलाइन डट कमको आयोजनामा जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न प्रतियोगिताको उपाधि बुटवलस्थित दीप बोर्डिङ हाइ स्कुलकी दिप्पी केशरीले जितेकी छन् । सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुदः सम्भावना, अवसर र चुनौती’ विषयमा सैनामैना–२ स्थित त्रिमूर्ति पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाबाट