कपिलवस्तु । हरितालिका तीजलाई लक्षित गर्दै गायक पूर्णचन्द्र परियार र गायिका सम्झना रणपालको स्वरमा नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक भएको छ। मौलिक लोकलय, ग्रामीण नेपाली परिवेश र तीजको सांस्कृतिक भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतले पछिल्लो समय तीज गीतमा हराउँदै गएको मौलिकतालाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीतमा पूर्णचन्द्र परियार