संसारैभरि खुम्चिँदै छ सिभिक स्पेस, जोखिममा सीमान्तकृत समुदाय

  • मङगलबार ९ भौ २०८३ ०९:०३ PM
काठमाडौँ। दक्षिण एसियामा सिभिक स्पेस झन् खुम्चिँदै गएको र त्यसबाट अल्पसंख्यक तथा सीमान्तकृत समुदाय जोखिममा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।  मर्यादा फाउन्डेसन, माइनोरिटी राइट्स ग्रुप (एमआरजी) र काठमाडौँ विश्वविद्यालय-सेन्टर फर कन्टेम्पोररी स्टडीजले मंगलबार ललितपुरमा गरेको ‘दक्षिण एशियामा खुम्चिँदो सिभिक स्पेस र त्यसले अल्पसंख्यक समुदायमा पर्ने प्रभाव’विषयक संवाद कार्यक्रममा सहभागी सीमान्त समुदायका नेताहरूले संसारैभरि सिभिक स्पेस खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।  कार्यक्रममा माइनोरिटी राइट्स ग्रुपकी कार्यकारी निर्देशक क्लेयर थोमसले संसारैभरि सिभिक स्पेस खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले दक्षिण एसियामा भारतलगायत केही देशमा निकै प्रतिकूल अवस्था सिर्जना भइसकेको भन्दै नेपाल लगायत देशको चिन्ताजनक अवस्थाबारे समेत चर्चा गरिन्। उनले नागरिकले आफ्नो स्पेस राज्यसँग लडेर लिन सक्नुपर्ने बताइन्। 'सिभिक स्पेस सरकारले दिदैन, यो हामीले लिनुपर्छ। लोकतन्त्रको एउटा महत्त्वपूर्ण पक्ष भने नागरिक हो, नागरिकले आफ्नो आवाजलाई दबाउन दिनुहुदैन,' उनले भनिन्।  उनले सिभिक स्पेसमा बढ्दो आक्रमणबाट बच्न र आशावादी भएर अभियानमा जुट्न आग्रह समेत गरिन्।  काठमाडौँ विश्वविद्यालय, स्कुल अफ आर्ट्स्‌का डीन डा