नाडामा ‘सिएरा ईभी’सहित नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक : अन्य मोडलमा विशेष छुट

  • मङगलबार ९ भौ २०८३ ०३:४९ PM
काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो । साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रिबुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैँदैखि सुरू गरिने कम्पनीले जनाएको छ ।