नेपालमा यस वर्ष मनसुन कमजोर : ६० दिनमा ८९.९ प्रतिशत मात्रै वर्षा

  • मङगलबार ९ भौ २०८३ ०३:३९ PM
यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए। सो अवधिमा सामान्यतया ८३० दशमलव ६ मिलिमिटर वर्षा हुने