सूचना प्रविधि क्षेत्रमा काम गर्ने उद्यमीहरूलाई अर्थमन्त्री डा. वाग्लेले भने : ‘निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ’

  • मङगलबार ९ भौ २०८३ ०२:३४ PM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए । ‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो,