धितोपत्र र बीमा कसुरमा फरार ४ जना पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०२:०८ PM
काठमाण्डु – धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी काठमाण्डु जिल्ला अदालतमा पेश गरिएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धान भइरहेको कसुरमा संलग्न ४ जनालाई पक्राउ गरिएको हो