काठमाडौं । आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् । नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त र्यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । जनकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु भएको विरोध र्यालीले नगरका