काठमाडौं । जनै पूर्णिमा (क्वाँटी पूर्णिमा) को अवसरमा परम्परागत ऋतिअनुसार चाँगुनारायणको कलशलाई काठमाडौंको हनुमानढोका दरबार परिसरमा ल्याइएको छ । भक्तपुरको चाङ्गुबाट पदयात्रा गर्दै ल्याइएका तीनवटा कलशलाई चाँगुनारायण, सरस्वती र लक्ष्मीको प्रतिकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार क्वाँटी भिजाउने प्रयोजनका लागि चाँगुनारायण मन्दिर परिसरबाट यो जल ल्याउने प्रचलन छ । विशेषगरी नेवार समुदायमा जनै पूर्णिमाको चार