बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सहकार्य गर्ने सहमति

  • मङगलबार ९ भौ २०८३ १२:४१ PM
काठमाडौं । बागमती प्रदेशमा सरकार गठनबारे तीन दलबीच ६ बुँदे सहमति भएको छ । मंगलबार बसेको दलहरुको बैठकले एमाले, नेकपा र राप्रपाबीच सरकार सञ्चालनबारे सहमति भएको हो । सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपा दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन् ।