काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्रालय केही संघीय विश्वविद्यालयका ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्न लागेको छ । विधेयकको तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार सबै संघीय विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको छ । छलफलमा सम्बन्धित विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधनका विषयमा सुझाव तथा राय लिइएको मन्त्रालयले जनाएको छ । विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक