हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ । जनप्रिय युवा क्लब, रानीपौवाले आयोजना गर्न लागेको यार्तुङको घोडा दौडका लागि समाजसेवी ङुटुक गुरुङ