विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलव्ध गराउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार दुवै संस्थाले विद्यार्थीका समस्या न्यूनीकरण गर्दै सुरक्षित र व्यवस्थित रूपमा विदेश अध्ययनको वातावरण बनाउन सहकार्य गर्ने जनाएका छन्। सम्झौता