अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस

  • मङगलबार ९ भौ २०८३ १२:०३ PM
बुटवल : जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी कारबाही अघि बढाउन सिफारिस गरेका हुन्। त्यसै दिन संसदीय दलले प्रदेशसभा सचिवालयलाई समेत पत्र पठाउँदै काफ्लेलाई लुम्बिनी प्रदेशसभाबाट निष्कासन गर्न अनुरोध गरेको छ । जसपा नेपालले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक ... The post अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस appeared first on Kalika Khabar.