आउटसोर्सिङमा श्रमिकको अधिकार हनन रोक्न रोजगारदातालाई सचेत गराउँदै श्रम विभाग

  • मङगलबार ९ भौ २०८३ ११:२३ AM
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङमार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले आउटसोर्सिङमार्फत आएका श्रमिकको सुरक्षा, पारिश्रमिक तथा श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको समेत हुने