एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श

  • मङगलबार ९ भौ २०८३ ११:५८ AM
काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार, एनसेलको २९९ रुपैयाँ वा सोभन्दा बढीको प्याक वा रेन्टल सेवा लिने ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन पाउनेछन् । त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले