प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रत्यक्ष प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयमा दर्ता भएको विवरणअनुसार प्रश्न सोध्ने सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसकी प्रमुख